काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनमा भएको घटनालाई लिएर आरोप प्रत्यारोप नगर्न आग्रह गरेका छन् ।
मंगलवार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले राष्ट्र द्रोही काम संलग्न जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका हुन् । उनले लेखेका छन् ‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन्! राष्ट्र द्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्, सबैलाई कडा कारबाही गरौँ। देश जलिरहेको बेला आरोप प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ ।’
उनले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०८२, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल