काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन सम्बन्धी लुटपाट, आगजनी र विध्वंसका घटनामा जोसुकै संलग्न भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाकाे विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् ।’
पोखरेलले ती घटनामा संलग्न सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने बताएका हुन् । ‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्, सबैलाई कडा कारबाही गरौँ, देश जलिरहेको बेला आरोपप्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ’, उनले भनेका छन् ।
उनले हिंसाका घटनाप्रति स्पष्ट दण्ड र न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । आन्दोलनका क्रममा आफ्नो घर जलाउन एमालेका कार्यकर्ता आएको दाबी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लगाएका थिए ।
जेन–जी आन्दोलनका क्रममा भएको क्षति र सवारीसाधन, व्यापारिक प्रतिष्ठान तथा सार्वजनिक सम्पत्तिमा पुगेको नोक्सानीलाई लिएर अहिले कारबाहीका लागि दबाब बढिरहेको छ । आन्दोलनका क्रममा विध्वंसमा संलग्न भएको भन्दै कलाकारहरूमाथि पनि छानबिन हुनुपर्ने आवाज बढिरहेको छ ।
हालसम्म हिंसा र विध्वंससम्बन्धी घटनाबारे छानबिनका लागि गठित आयोगले प्रतिवेदन दिएको छैन । तर प्रहरीले २ सय ५० भन्दा धेरैलाई पक्राउ गरेर मुद्दा चलाइरहेको छ । अकल्पनीय विध्वंस र हिंसाबारे अहिले राजनीतिक आरोपप्रत्यारोप चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०८२, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समस्या राजनीतिक अस्थिरतामा र सामाजिक अराजकतामा छ : महासचिव पोखरेल
सिंहदरबार जलाउन उक्साउने को हो ? : शंकर पोखरेल
अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक : शंकर पोखरेल
राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल