काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले देशमा प्रधानमन्त्री मात्र परिवर्तन गरेर जनताको जीवनस्तर सुधार नहुने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत केही महत्त्वपूर्ण बुँदाहरू अगाडि सार्दै देशको समृद्धि र सुशासनका लागि शासन व्यवस्थामा नै व्यापक फेरबदल र संविधानका केही धाराहरू परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
शाहीले अगाडि सारेका मुख्य बुँदाहरू
प्रदेश खारेजी
संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द
भ्रष्टाचारीलाई कडा कारबाही
राष्ट्रिय एकता कायम
यी बुँदाहरू लागू नभएसम्म देशमा केवल कुर्सीको परिवर्तन मात्र हुने र त्यसले जनताको जीवनस्तरमा कुनै सुधार नआउने शाहीको तर्क छ । उनले युवाहरूलाई यी एजेन्डालाई आत्मसात् गरी अगाडि बढ्न आग्रह गरेका छन् ।
शाहीका अनुसार यी बुँदाहरूमा सुधार नभएसम्म देशमा सुशासन र समृद्धिको सपना अधुरै रहनेछ। उनले युवा पुस्तालाई यी एजेन्डाहरूमा एकजुट हुन आह्वान पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असोज २०८२, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राप्रपाभित्र एकताको अपिल, फरक विचारप्रति सम्मान आवश्यक’ : ज्ञानेन्द्र शाही
पुराना र नयाँ दलबीच वैचारिक भिन्नता नभएको ज्ञानेन्द्र शाहीको टिप्पणी
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता
प्रदेश संरचना खारेज गर्न ज्ञानेन्द्र शाहीको माग
ज्ञानेन्द्र शाहीको आग्रह : 'भ्रष्टाचारका २२ ठुला काण्ड छानबिन होस'
संसदीय दलको नेता ज्ञानेन्द्र शाही र प्रमुख सचेतक खुश्बु ओलीलाई बनाउने राप्रपाको निर्णय