काठमाडौँ । सांसद ज्ञानेन्द्र शाहीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुरानै दस्ताबेजको प्रतिलिपि जस्तै भएको दाबी गरेका छन्।
प्रतिनिधि सभामा बोल्दै उनले सरकारद्वारा सार्वजनिक हालको नीति तथा कार्यक्रम र २०८१ सालको नीति तथा कार्यक्रमबीच धेरै बुँदा मिल्दोजुल्दो रहेको भन्दै तुलना प्रस्तुत गरे। उनका अनुसार दुवै दस्ताबेज अध्ययन गर्दा संरचना र विषयवस्तुमा उल्लेख्य परिवर्तन नदेखिएको छ।
शाहीले २०८१ सालको नीति तथा कार्यक्रममा २१७ बुँदा रहेको र पछिल्लो संस्करणमा १०० बुँदा भए पनि अधिकांश विषय समान रहेको बताए। केही शब्द र वाक्यांश मात्र परिवर्तन गरिएको तर मूल आशय भने यथावत् रहेको उनको आरोप थियो।
उनले दुई अलग वर्षका नीति तथा कार्यक्रमहरू एउटै शैली र ढाँचामा तयार भएको भन्दै टिप्पणी गरे। नयाँ नेतृत्व र नयाँ पुस्ताको अपेक्षाअनुसार ठूलो नीतिगत सुधार आउनुपर्नेमा त्यसको साटो पुरानै दस्ताबेज दोहोरिएको उनको भनाइ थियो।
शाहीका अनुसार दस्ताबेजमा साना परिवर्तन भए पनि मूल संरचना र विषयवस्तु मिलेकाले अपेक्षित नवीनता नदेखिएको जिकिर गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ बैशाख २०८३, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यायपालिकाको स्वायत्ततामा हस्तक्षेप भए शक्ति सन्तुलन कमजोर हुन्छ’: ज्ञानेन्द्र शाही
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही
‘राप्रपाभित्र एकताको अपिल, फरक विचारप्रति सम्मान आवश्यक’ : ज्ञानेन्द्र शाही
पुराना र नयाँ दलबीच वैचारिक भिन्नता नभएको ज्ञानेन्द्र शाहीको टिप्पणी
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता
प्रदेश संरचना खारेज गर्न ज्ञानेन्द्र शाहीको माग