एजेन्सी । अमेरिकाको पेन्सिलभेनियामा गोली हानेर तीन प्रहरी अधिकारीको हत्या गरिएको छ।
गोली लागेर अन्य दुई प्रहरी गम्भीर घाइते पनि भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका बेला घटना भएको बताएका छन्।
पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी पनि मारिएको बताएका छन्।
घटनास्थलबाट प्राप्त तस्बिरमा घाइते प्रहरी अधिकारीलाई मेडिकल हेलिकप्टरबाट उपचारका लागि अस्पताल लगिएको देखिन्छ।
गोलीकाण्डका कारण नजिकैका विद्यालय अस्थायी रूपमा बन्द गरिएका छन् भने विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ।घटनाबारे थप विवरण आउन बाँकी छ। अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार