एजेन्सी । अमेरिकाको पेन्सिलभेनियामा गोली हानेर तीन प्रहरी अधिकारीको हत्या गरिएको छ।
गोली लागेर अन्य दुई प्रहरी गम्भीर घाइते पनि भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका बेला घटना भएको बताएका छन्।
पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी पनि मारिएको बताएका छन्।
घटनास्थलबाट प्राप्त तस्बिरमा घाइते प्रहरी अधिकारीलाई मेडिकल हेलिकप्टरबाट उपचारका लागि अस्पताल लगिएको देखिन्छ।
गोलीकाण्डका कारण नजिकैका विद्यालय अस्थायी रूपमा बन्द गरिएका छन् भने विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ।घटनाबारे थप विवरण आउन बाँकी छ। अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण