सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् ।
यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकोमा अहिलेसम्ममा ७०५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । उनका अनुसार प्रदर्शनका क्रममा भदौ २४ गते राति १०० बढीको सङ्ख्यामा आएका प्रदर्शनकारीले झुम्का कारागार प्रवेश गरेर क्षति पुर्याउन थालेपछि कैदीबन्दी भागेका थिए ।
कारागारमा बाहिरबाट युवाको दबाब र भित्रका कैदीबन्दीले आगो लगाउने धम्की दिएपछि करागार प्रशासनले थप क्षति हुन नदिन प्रवेशद्वारमा सुरक्षा व्यवस्था खुकुलो गराइएको प्रहरी उपरीक्षक तिम्सिनाले बताए । उनका अनुसार करागारमा रहेका दुई वटा ब्लकमध्ये २२७ बाहेक एकैसाथ एक हजार ५७२ जना कैदीबन्दी भागेका थिए ।
कारागारमा भारतीय तथा विदेशी ६५ जनासहित बाँकी नेपाली कैदी रहेकामा सबै भारतीय कैदीबन्दी भागेको उपरीक्षक तिम्सिनाले जानकारी दिए । सोमबार रातिसम्ममा ७०५ जनालाई नियन्त्रणमा लिइएको बताउँदै उनले अन्यको खोजीकार्य जारी रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ भदौ २०८२, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ
कैदी भगाउन खोजेपछि भएको झडपमा बाँकेमा ५ जनाको मृत्यु
नख्खुका सबै कैदी निस्किए
कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी
सुनसरीको झुम्का कारागारबाट भागे कैदी
कैलालीमा कैदीको मृत्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ