चितवन । पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना-५ स्थित तुइन खोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११:०० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।
वर्षाको समयमा यस क्षेत्रमा ढुंगा खस्ने जोखिम उच्च भएको हुँदा सावधानीपूर्वक रोकेर हेरेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो
नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक