नारायणगढ-मुग्लिन सडक आज २ घण्टा बन्द गरिने

सफल खबर संवाददाता

सोमबार, ०६ असोज २०८२, ११ : २४
नारायणगढ-मुग्लिन सडक आज २ घण्टा बन्द गरिने

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो ।

आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुर स्रोतले जनाएको छ ।

तुइन खोला पुलनेर खसेको पहिरोका कारण गत शुक्रबारदेखि करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका थिए । आइतबार अपराह्न करिब साढे चार बजेतिर सडक एकतर्फी खुलाइएको थियो । राति यात्रा गर्दा जोखिम हुने भएकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म पुन: सडक बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस