नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०८२, १५ : ३७
नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

काठमाडौँ । पहिरोले अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आज बिहान ९:३० बजे खसेको पहिरो पन्छाएपछि अहिले दिउँसो १ बजेदेखि सडक पुन:सञ्चालनमा आएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान ४:२० बजे गएको पहिरो ८ बजे पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । इच्छाकामना गाउँपालिका-५ तुइँनखोला नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सवारी आवागमन सुरु भएको उनले जानकारी दिए। 

आवागमन सुरु भएपछि रोकिएका सवारीसाधनहरू गन्तव्यमा जान थालेका छन् । यस स्थानमा अन्य समयमा पनि ढुंगा खस्दै आएकाले सतर्कताका साथ यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।