काठमाडौँ । नेपाल स्थित अमेरिकी दूतावासले नेपालको नयाँ अन्तरिम सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ । गत हप्ताको दुखद घटनाहरूपछि शान्तिपूर्ण समाधान निस्किएकोमा पनि दूतावासले स्वागत गरेको छ ।
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएको र यसक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको भूमिका प्रशंसायोग्य रहेको दूतावासको बुझाइ छ ।
'यो दुखद समयमा हामी नेपालसँग शोकमा साथ मै छौँ। हामी नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौँ ।
अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौँ', दूतावासले भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ भदौ २०८२, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलस्थित नेपाली दूतावासले भन्यो– सतर्क र सुरक्षित रहनू
यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण
आफ्नो राहदानी सुरक्षित राख्न यूएईमा रहेका नेपालीलाई दूतावासले अनुरोध
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह