नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ : अमेरिकी दूतावास

सफल खबर संवाददाता

आइतबार, २९ भदौ २०८२, ०९ : ३८
नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ : अमेरिकी दूतावास

काठमाडौँ । नेपाल स्थित अमेरिकी दूतावासले नेपालको नयाँ अन्तरिम सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ । गत हप्ताको दुखद घटनाहरूपछि शान्तिपूर्ण समाधान निस्किएकोमा पनि दूतावासले  स्वागत गरेको छ ।

नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएको र यसक्रममा  राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको भूमिका प्रशंसायोग्य रहेको दूतावासको बुझाइ छ ।

'यो दुखद समयमा हामी नेपालसँग शोकमा साथ मै छौँ। हामी नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौँ ।

अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी  नेपालसँग सहकार्य गर्न तयार छौँ', दूतावासले भनेको छ ।

प्रतिक्रिया दिनुहोस