बाँके । बाँकेको बाल सुधार गृहबाट फरार हुने क्रममा झडप हुँदा ५ जनाको मृत्यु भएको छ। झडपमा परी दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार बाँकेको नौवस्तास्थित बाल सुधार गृहमा मङ्गलवार राति भएको झडपमा बाँकेका समीर थापा, अछामका उमेश विष्ट, दैलेखका भूपेन्द्र खत्री, कैलालीका जगत देउवा र दाङका दिनेश घर्ती मगरको मृत्यु भएको एक कर्मचारीले जानकारी दिए।
घाइतेको उपचार नेपालगन्जस्थित भेरी अस्पतालमा भइरहेको छ। बाल सुधार गृहबाट भागेका बाल बन्दीहरूले नजिकै रहेका कैदीहरूलाई भगाउने क्रममा प्रहरीका हतियार खोस्ने प्रयास गरेका थिए। हतियार खोस्ने प्रयास गरेपछि प्रहरीले चलाएको गोली लागेर उनीहरूको ज्यान गएको हो।
प्रहरी श्रोतका अनुसार नौ बस्तामा रहेको कारागार र बालसुधा रगृहका ६ सय भन्दा बढी कैदी बन्दी र बाल बन्दीहरू भागेका छन्। अहिले नौ बस्ताको कारागार खाली भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
आठ हजार ८१६ कैदी बन्दी अझै फरार
५८ कैदी बन्दी कारागार फर्किए
फरार कैदीलाई थप कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी
झन्डै पाँच हजार कैदी फर्किए
कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ