काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको परिस्थितिमा धैर्य गर्न र संयमित बन्न अनुरोध गरेका छन्।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत् उनले कवि नेत्रलाल अभागीको कविता शेयर गर्दै अहिलेको विषम परिस्थितिमा धैर्य गर्न र संयमित बन्न आह्वान गरेका हुन्।
‘आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ
तर मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।- नेत्रलाल अभागी
धैर्य गरौँ,
संयमित बनौँ,
हामी फेरी उठ्ने छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल
सरकार निर्वाचन गराउने बाटोमा अग्रसर छैनः शंकर पोखरेल
मधेसका मुख्यमन्त्रीलाई तत्काल राजीनामा गराई कोर्स करेक्सन गराउनुपर्ने शंकर पोखरेलको प्रस्ताव
मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ’: शंकर पोखरेल
शंकर पोखरेलको प्रश्न- ‘कुलमानलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?’