दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको टिप्पणी गरेका छन् ।
प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किदा गणतन्त्रप्रति अनाश्था फैलिने खतरा बढ्ने टिप्पणी गरे । ´पूर्वराष्ट्रपति संविधानको संरक्षक हो । सेनाको परामाधिपति भइसकेको व्यक्ति हो ।` महासचिव पोखरेलले भने ´उहाँ सक्रिय राजनीतिमा फर्किदा गणतन्त्रप्रति नै अनाश्था र अविश्वास पैदा गर्छ । त्यो गल्ती पार्टीहरू गर्नुहुँदैन ।`
माओवादीले पूर्वउपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काएर गल्ती गरेको पोखरेलको भनाई छ । माओवादीले लोकतन्त्र सिक्दै गरेको पार्टी भएको भन्दै महासचिव पोखरेलले एमाले र काँग्रेसले माओवादीलाई लोकतन्त्र सिकाउनुपर्ने बताए ।
´माओवादी लोकतन्त्र सिक्दै गरेको पार्टी भएकाले पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्काएर गल्ती गर्यो ।` पोखरेलले भने ´माओवादीलाई एमाले र काँग्रेसले लोकतन्त्रका बारेमा सिकाउनुपर्छ ।` महासचिव पोखरेलले माओवादीले उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउने निर्णय सच्याउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ भदौ २०८२, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल
सरकार निर्वाचन गराउने बाटोमा अग्रसर छैनः शंकर पोखरेल
मधेसका मुख्यमन्त्रीलाई तत्काल राजीनामा गराई कोर्स करेक्सन गराउनुपर्ने शंकर पोखरेलको प्रस्ताव
मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ’: शंकर पोखरेल
शंकर पोखरेलको प्रश्न- ‘कुलमानलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?’