काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताका रोगीहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको टिप्पणी गरेको छन् । नेकपा एमाले र नेपाली काँग्रेसबीचमा उच्च स्तरको सहमति सहित गठबन्धन बनेकोले उनीहरू छट्पटिएको पोखरेलको आरोप छ ।
सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ८४ को चुनावसम्मै यो गठबन्धन निरन्तर रहने बताए । ‘दुई ठुला दल मिलेर सरकार बनेको छ, स्थिरता देखिएको छ । तर, अस्थिरताको रोग लागेकाहरू सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाइरहेका छन् । उनीहरू अस्थिरताका रोगी हुन्’, पोखरेलले भने ।
काँग्रेस नेता शेखर कोइरालालाई लक्षित गर्दै उनले एकातिर सत्तामा हिस्सेदारी खोज्ने र अर्कोतर्फ सरकारको विरोध गर्दै हिँड्नु अनैतिक भएको बताए । सरकारले सूचनाको हक कुण्ठित हुने कुनै पनि खालको कानून नल्याउने प्रष्टीकरण दिँदै उनले भने, ‘संसद्ले सूचनाको हक कुण्ठित हुने कुनै कानून बनाउँदैन, हामीले यही विश्वास गर्नुपर्छ । अहिले स्वतन्त्रताका नाममा अराजकता बढेको छ, त्यसलाई नियन्त्रण गर्न खोजिएको हो, संविधानसँग बाझिने कुनै कानून बन्दैन ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा महासचिव पोखरेलले लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका लागि पनि राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले फेरि राजनीतिमा फर्किनु उचित नहुने दोहोर्याए ।
उनले भने, ‘हामीले पूर्वराष्ट्रपति सम्मानित भूमिकामा रहनुपर्छ भनेका हौँ, त्यसो भइसकेपछि सदस्यताका विषयमा कुनै विवाद नै रहेन । यो लोकतन्त्रको मूल्य मान्यतासँग जोडिन्छ, व्यक्तिसँग जोड्न आवश्यक छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ भदौ २०८२, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समस्या राजनीतिक अस्थिरतामा र सामाजिक अराजकतामा छ : महासचिव पोखरेल
सिंहदरबार जलाउन उक्साउने को हो ? : शंकर पोखरेल
अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक : शंकर पोखरेल
राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल