राजविराज (सप्तरी) । आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक जनाको ज्यान गएको छ ।
स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। करेन्ट लागेको उनको घटनास्थलमै ज्यान गएको छ । उनका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०८२, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु