करेन्ट लागेर एक कर्मचारीको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १३ असोज २०८२, १९ : ४४
करेन्ट लागेर एक कर्मचारीको मृत्यु

काठमाडौँ । करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । विद्युत् प्राधिकरण हनुमान नगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको आज करेन्ट लागेर मृत्यु भएको हो । 

दैनिक ज्यालादारीमा कार्यरत सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका-९ घर भएका अन्दाजी ४५ वर्षीय दिनेश सुतिहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर कुरीले जानकारी दिए । 

उनका अनुसार सुतिहारले हनुमान नगर कंकालिनी नगरपालिका–१२ मा विद्युत्को पोलमा लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको हो । 

करेन्ट लागेपछि उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा भर्ना गरे पनि उपचारकै क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ  । 

प्रतिक्रिया दिनुहोस