चितवनका स्पा सेन्टरमा प्रहरीको छापा

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०८२, १६ : २१
चितवनका स्पा सेन्टरमा प्रहरीको छापा

चितवन । चितवन जिल्लाका विभिन्न स्थानमा सञ्चालित स्पा सेन्टरहरूमा प्रहरीले आकस्मिक छापा मारेको छ। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले गरेको उक्त कारबाहीमा करिब ८ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा स्पा सञ्चालक तथा कर्मचारीहरू रहेका छन्। प्रारम्भिक अनुसन्धानबाट अधिकांश स्पा सेन्टरहरू बिना दर्ता सञ्चालनमा रहेको र गैरकानुनी गतिविधिमा संलग्न रहेको खुलेको छ।

 

प्रहरीले यस्ता अवैध गतिविधि नियन्त्रण गर्न अभियानकै रूपमा अनुगमन तथा कारबाहीलाई तीव्र बनाएको जनाएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ भने सम्बन्धित निकायसँग समन्वय गरी कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ।

 

यस विषयमा विगत देखिनै गोप्य रूपमा निगरानी र अनुसन्धान गर्दै आईरहेको चितवन जिल्ला प्रहरी कार्यालयले आज विशेष अप्रेसन मार्फत छापा हानेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रबक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस