अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते

सफल खबर संवाददाता

शनिबार, ३१ साउन २०८२, १४ : ३४
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते

अछाम । झण्डा फहराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका-१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारी स्वरूप सार्वजनिक स्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा उक्त फलामे झण्डाले बिजुलीको तारमा छुँदा करेन्ट लागेको हो । 

करेन्ट लागेर घाइते भएका मेल्लेख गाउँपालिका-७ नन्देगडा निवासी १६ वर्षीय रोहित साउदको उपचारका क्रममा बयालपाटा प्रादेशिक अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए ।

घाइते  बान्निगढी जयगढ-६ का १८ वर्षीय समीर शाह, १७ वर्षका विनोद रावत, २० वर्षीय  बम शाह, साँफेबगर नगरपालिका-४ मुगसैनका १६ वर्षीय लवशन सुनार र  रामारोशन गाउँपालिका-६ भाटाकाटियाका १६ वर्षीय शमशेर साउदको सोही अस्पतालमा उपचार भइरहेको छ । अहिले घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस