उदयपुर । आफ्नै घरमा बल्ब जोड्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–७ का ११ वर्षीय दर्शन विकको करेन्ट लागेर मृत्यु भएको हो ।
मंगलबार साँझ ७ः३० बजे आफ्नै घरमा होल्डरमा बल्ब जोड्ने क्रममा करेन्ट लागेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएको थियो ।
तर उपचारको क्रममा ७ः४५ बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ साउन २०८२, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर एकजनाको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु
ओखलढुंगामा करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर वृद्धा महिलाको मृत्यु
ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, दुई जना घाइते