झापा । झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा चन्द्रमायाका छोरा २५ वर्षीय सुशीलले देखेपछि शव घरमा ल्याएका थिए । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।
यसअघि झापाको बुद्धशान्तिमा खेतमा सिँचाइ गर्ने क्रममै करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ साउन २०८२, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
करेन्ट लागेर एकजनाको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु
ओखलढुंगामा करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर वृद्धा महिलाको मृत्यु
ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, दुई जना घाइते