काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानून मन्त्रालयले तयार पारेको बहुविवाहलाई वैधता दिने सम्बन्धी व्यवस्थाको मस्यौदालाई व्यक्ति विशेषको सोचको संज्ञा दिएका छन् ।
मस्यौदाको आलोचना गर्दै उनले व्यक्ति विशेषको सोचलाई समग्र राज्यको भन्न नमिल्ने तर्क गरेका छन् । ‘विशेष परिस्थिति’मा बहुविवाहलाई मान्यता दिने भन्दै कानून, न्या तथा संसदीय मामिला समितिले विद्यमान कानून नै संशोधन गर्ने तयारी गरेपछि यसको जनस्तरबाट समेत आलोचना भइरहेको छ ।
आइतबार फेसबुकमा लेख्दै सत्तारुढ दल एमालेका महासचिव पोखरेलले बहुविवाहलाई वैधता दिने कानूनको मस्यौदामा समग्र सरकारको सहमति नरहेको भन्दै बचाउ गरेका छन् ।
उनले लेखेका छन्, ‘कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्दैन । सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दु:खद पक्ष हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ साउन २०८२, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल