काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानून मन्त्रालयले तयार पारेको बहुविवाहलाई वैधता दिने सम्बन्धी व्यवस्थाको मस्यौदालाई व्यक्ति विशेषको सोचको संज्ञा दिएका छन् ।
मस्यौदाको आलोचना गर्दै उनले व्यक्ति विशेषको सोचलाई समग्र राज्यको भन्न नमिल्ने तर्क गरेका छन् । ‘विशेष परिस्थिति’मा बहुविवाहलाई मान्यता दिने भन्दै कानून, न्या तथा संसदीय मामिला समितिले विद्यमान कानून नै संशोधन गर्ने तयारी गरेपछि यसको जनस्तरबाट समेत आलोचना भइरहेको छ ।
आइतबार फेसबुकमा लेख्दै सत्तारुढ दल एमालेका महासचिव पोखरेलले बहुविवाहलाई वैधता दिने कानूनको मस्यौदामा समग्र सरकारको सहमति नरहेको भन्दै बचाउ गरेका छन् ।
उनले लेखेका छन्, ‘कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्दैन । सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दु:खद पक्ष हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ साउन २०८२, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल
हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल
एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भयो: शंकर पोखरेल
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल