लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालद्वारा आज आयोजित विस्तारित बैठकमा महासचिव पोखरेलले हरेक आदिवासी समुदायको परम्परागत सामाजिक, आर्थिक प्रणाली फरक-फरक हुने भएकाले त्यसैसँग मिल्ने परम्परागत प्रणालीलाई आधार मानेर तीनै तहका सरकारले आर्थिक समृद्धिको ढाँचा तयार पारेर विकासका गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए ।
“आदिवासी जनजातिको विकास भन्दै आफूले चाहेको र बाहिर देखेको विकासको मोडेल हामीले कार्यान्वयनमा ल्याउने गरेका छौँ । त्यसले कार्यक्रम रहुञ्जेल केही सफल जस्तो देखिए पनि त्यसको स्थायित्व हुने देखिएन”, उनले भने, “प्रत्येक समुदायले लामो समयदेखि अंगीकार गरेको परम्परागत प्रणालीलाई आधुनिक विकाससँग अन्तर सम्बन्धित गराएर सबै तहका सरकारले आफ्ना नीति तथा कार्यक्रम निर्माण गरेमा आदिवासी जनजातिको आर्थिक समृद्धि टाढा छैन ।”
नेपालका आदिवासी जनजातिलाई पार्टीको नीतिगत रूपमा वकालत गर्ने एमाले पहिलो पार्टी भएको महासचिव पोखरेलले बताए । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले नेपालको इतिहास लेखन र विश्लेषणको नयाँ परम्पराको थालनी गरेपछि नेपालका आदिवासी जनजातिलाई चिन्ने कामको सुरुआत भएको भन्दै उनले त्यसकै जगमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ साउन २०८२, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिसन–८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी सुनिश्चित भयो : शंकर पोखरेल
ओरालो यात्रा रोकिएको छ र सुधारका स्पष्ट परिणाम देखिंदैछन् : शंकर पोखरेल
विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजान्छौँ: शंकर पोखरेल
पार्टीका घोषित नीतिविपरीत कित्ताकाट क्षम्य हुँदैन: शंकर पोखरेल
संवैधानिक नियुक्ति सदर पछि शंकर पोखरेलको प्रतिक्रिया- अब काममा तीव्रताको अपेक्षा गरौं
अहिले नेतृत्वको बहस पूर्णतः रोक्न शंकर पोखरेलको निर्देशन