काठमाडौं । काठमाडौंको टोखा नगरपालिका– ७ मा रहेको सार्वजनिक पार्कमा तोडफोड भएको छ ।
बिहीबार राति तोडफोड गरेर पार्क भत्काएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार राति १ बजेतिर करिब २० जनाको समूहले भर्खरै निर्माण सम्पन्न भएको पार्क पूरै क्षतिग्रस्त हुने गरी भत्काएका थिए ।
प्रहरीले उक्त घटनामा शनिबार साँझ जोरपाटी क्षेत्रबाट यादव थरका दुई व्यक्तिलाई पक्राउ गरेको महाराजगञ्ज प्रहरी वृत्तले जनाएको छ ।
उक्त तोडफोडमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनाको थप अनुसन्धान महाराजगन्ज वृत्तले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ साउन २०८२, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
कर्मचारीमाथि कुटपिट गर्ने नगर प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ