छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी ६ जनाको मृत्यु

सोमबार, १० मंसिर २०७५, १० : १९
छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी ६ जनाको मृत्यु


मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी दुईको मृत्यु
गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको औरही नगरपालिका–१ बस्ने ओमकलादेवी चौधरी र ट्र्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा गौशाला नगरपालिका–२ का ३ वर्षीय बालक लालु मण्डल रहेका छन् । 

आइतबार साँझ जिल्लाको बर्दिवासबाट जलेश्वरतर्फ आइरहेका ना २३ प ९३६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ४ प ८५७१ नम्बरको मोटरसाइकल एकापसमा रामगोपालपुर–७ टिकुलियामा ठक्कर खाँदा महिला चौधरीको मृत्यु भएको थियो भने गौशाला नगरपालिका–२ को निगौल सडकमा ज १ त ३४९१ नम्बरको ट्र्याक्टरले सडकमा खेलिरहेका बालक मण्डललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खडकाले बताउनुभयो ।

बसको ठक्करबाट युवकको मृत्यु
कञ्चनपुर । पूर्व पश्चिम राजमार्गको कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसीमा बसले मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारको एक जनाको आइतबार साँझ मृत्यु भएको छ । 

से ४ प ८१८८ नम्बरको मोटरसाइकलमा सवार बेलौरी नगरपालिका–९ भुडाका अन्दाजी २७ वर्षीय श्रवण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । चौधरीको महाकाली अञ्चल अस्पतालतर्फ ल्याउने क्रममा मृत्यु भएको हो । ठक्कर दिने बसको पहिचान गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । 

चौधरी महेन्द्रनगर बजारबाट घरतर्फ मोटरसाइकलमा आउँदै गरेका बेला विपरीत दिशातर्फबाट आएको बसले ठक्कर दिएको हो । मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । 

मोटरसाइकल चालकको मृत्यु
उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

गए राति पश्चिमबाट पूर्व आउँदै गरेको मे ९ प २७७९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक पथरीशनिश्चरे–१० बस्ने ६५ वर्षीय ओमनाथ उप्रेतीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उप्रेतीको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ५३ वर्षीय भरतमणि आचार्य घाइते भएकाले उहाँको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिनुभयो ।  

दुर्घटनामा एकको मृत्यु
कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा गए राति सवारी दुर्घटना हँुदा एकको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । 

विनयी त्रिवेणी गाउँपालिका–१ मा लु ३ त ८११३ नम्बरको ट्र्याक्टरमा लु १ ह २१९ नम्बरको अटोरिक्सा ठोक्ँिकदा अटोरिक्सामा सवार विनयी त्रिवेणी गाउँपालिका–४, सर्दी बस्ने १८ वर्षीय वसन्त पल्लीमगरको घटनास्थलमानै मृत्यु भएको हो । 

दुर्घटनामा परी अटोरिक्सामा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय भीमबहादुर सारुमगर घाइते भएका छन् । घाइते सारुमगरको मध्यबिन्दु अस्पताल डण्डामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानिले बताउनुभयो ।

दुर्घटनामा चालकको मृत्यु
धादिङ  । धादिङको थाक्रे गाउँपालिका–११ मान्खुमा आइतबार राति आइचर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

गोगनपानीमा सामान पु¥याएर फर्कदै गर्दा मान्खुमा बा ३ ख ७९४९ को आइचर कच्ची ग्रामीण सडकमा पल्टिएर माख्नु निवासी २५ वर्षीय साजन सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । 

गाडीमा तीन जना सवार रहेकामा अन्य दुई जना घाइते भएकाले उनीको उपचार काठमाडौँको ट्रमा सेन्टरमा भइरहेको छ । (रासस)
 

प्रतिक्रिया दिनुहोस