काठमाडौँ। नेकपा एमालेका नेता आनन्द पोखरेलले उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नपरेपछि पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
पार्टीभित्र विद्या भण्डारीको सदस्यता रोक्न नहुने पक्षमा उभिए पनि ओलीको टिममै रहेका पोखरेललाई सो प्यानलमा उम्मेदवार नबनाइएपछि उपमहासचिवमा उम्मेदवारी दिएका हुन् ।
पोखरेललाई ईश्वर पोखरेलको प्यानलमा पार्ने सम्भावना छ । सो प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरीले उम्मेदवारी दिएका छन् भने एउटा उपमहासचिव खाली राखिएको छ ।
एमालेको राजनीतिमा लामो समय संगठन निर्माणमा बिताएका पोखरेल पछिल्लो समय काठमाडौँ जिल्ला इन्चार्जको भूमिकामा छन् । दोलखाबाट २ पटक सांसद निर्वाचित भएर पर्यटन मन्त्री भएका उनी दोलखाको पार्टी प्रमुख समेत भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, १६ : २८
लेखकबाट थप