काठमाडौं । नेकपा एमालेभित्र केपी ओली पक्षधर असन्तुष्ट नेताहरु फेरि ओलीतिरै फर्किन थालेका छन् ।
पदीय व्यस्थापनमा ओलीले आफुहरुलाई अन्याय गरेको र वरिपरि घुमिरहनेहरुलाई मात्र च्यापेर उम्मेदवार बनाएको आरोपसहित झण्डै एक दर्जन ओलीतिरका नेता असन्तुष्ट बनेका थिए ।
खासगरी ओलीसँग निरन्तर रहेका प्रदीप ज्ञवाली, राजेन्द्र गौतम, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, गोकुल बास्कोटा लगायतका नेताहरुले ओलीको उम्मेदवार ब्यवस्थापनमा असहमति जनाएका थिए ।
जसकाकारण प्रदीप ज्ञवालीले उपाध्यक्ष पद अश्वीकार गरेर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराएका थिए । काशीनाथ अधिकारीले कतै उम्मेदवारी नै दर्ता गराएनन । प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतमले उपमहासचिवमा उम्मेदवारी दिएका थिए ।
कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटा ओली क्याम्प छोडेर इश्र पोखरेलको टिममा पुगेर पदाधिकारीमा उम्मेदवारी नै दिए । अग्नि खरेलले सचिवमा उम्मेदवारी दिए तर कतै टिममा लागेनन ।
यी नेताहरु मध्ये केही नेताहरु फेरि ओलीतिर नै फर्केका छन् । प्रदीप ज्ञवालीले आफुलाई केन्द्रीय सदस्यमा मत माग्दै ओली र उनका टिमका नेताहरुलाई जिताउन अपिल गरेका छन् । त्यस्तै राजेन्द्र गौतमले उपमहासचिव पदबाट उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।
उमेदवारको अन्तिम नामावलीमा भने उनको नाम छ । तर, उनले अन्तिम नामावली प्रकाशन भइसकेपछि आफू उमेदवार नरहेको बताएका हुन् । ओलीले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न उनीसँग पनि आग्रह गरेपछि उनले उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन् । “मैले उपमहासचिव पदमा दिएको उमेदवारी फिर्ता लिएँ,” गौतमले भने ।
काशीनाथ अधिकारीले पनि आफुले कँही उम्मेदवारी नदिएपनि ओली टिमलाई मतमा सहयोग गर्ने बचन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ पुस २०८२, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको जारी एघारौँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूची)
काशी र प्रदीपलाई ओलीको फोन– 'अन्याय हुन दिन्नँ, सहयोग गर्नुस्'
एमाले महाधिवेशन : यिनिहरु भए निर्विरोध निर्वाचित
एमाले महाधिवेशन : आज मतदान, ओली-पोखरेल समूहबीच भिडन्त, कसले मार्ला बाजी ?
आनन्द पोखरेलले दिए एमाले उपमहासचिवमा उम्मेदवारी
ओलीले गराए अध्यक्ष पदमा उम्मेदवारी दर्ता