एमाले महाधिवेशन : पोखरेल समुहबाट कुन पदमा को बन्दैछन् उम्मेदवार ?

सफल खबर संवाददाता

सोमबार, २९ मंसिर २०८२, ०९ : ५५
एमाले महाधिवेशन : पोखरेल समुहबाट कुन पदमा को बन्दैछन् उम्मेदवार ?

काठमाडौं । पूर्व राष्टपति विद्या भण्डारीको साथ र संरक्षणमा इश्वर पोखरेलले एमालेको अबको नेतृत्वका लागि केपी ओलीसँग चुनावी प्रतिस्पर्धा गदैछन् ।

उनको टिमबाट ५ उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरूङ, डा विन्दा पाण्डे र अरूण नेपाल  उम्मेदवार हुने भएका छन् । त्यस्तै अर्का एक उपाध्यक्ष्मा भने ओली पक्षमा रहेका एक नेतासँग छलफल चलिरहेको बताइएको छ । 

महासचिवमा सुरेन्द्र पाण्डेको उम्मेदवारी निश्चित भएको छ । ३ उपमहाचसिवमा योगेश भट्टराईको उम्मेदवारी टुंग्गो लागेको छ भने अन्य दुई उपमहासचिव पदका लागि पनि ओली समुहका नेताहरुसँग छलफल चलिरहेको पोेखरेल पक्षका नेताहरुको भनाई छ । 

त्यस्तै ९ सचिवमा कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, रचना खड्का र इन्द्रलाल सापकोटा उम्मेदवार हुने छन् । बाँकी २ सचिवमा कसलाई उठाउने भन्ने छलफल भईरहेको पोखरेल पक्षका नेताहरुको भनाई छ । 

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाका आधारमा आज बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण र बिहान १० बजेर ३० मिनेटदेखि दिउँसो साढे १ बजेसम्म फाराम दर्ता गर्ने कार्यक्रम रहेको छ । मतदान भोलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस