काठमाडौँ। मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। सोमबार बिहान बसेको सातदलीय गठबन्धनको बैठकले सरकार विस्तार गर्ने सहमति गरेको थियो ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा दुई जना नयाँ मन्त्री नियुक्त भएका छन् । लोसपाबाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति र माओवादी केन्द्रबाट जवाहरलाल कुश्वाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री बनेका छन् ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट नयाँ दुवै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । यस्तै, गत २१ मंसिरमा बिना विभागीय मन्त्री नियुक्त भई शपथ लिएका काँग्रेसका जंगीलाल रायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेकपा एसका कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
जनमत पार्टीका महेशप्रसाद यादवले यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए। यससँगै मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ।
अहिले मधेश सरकारमा काँग्रेसका मुख्यमन्त्री र एक मन्त्री, नेकपा एस, जनमत पार्टी, लोसपा र माओवादी केन्द्रका १(१ जना सहभागी छन् ।
जसपाबाट अहिलेसम्म कोही सरकारमा सहभागी छैनन् । गत मङ्सिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री यादवले आगामी पुस ४ गते विश्वासको मत लिने भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, १९ : ०६
लेखकबाट थप