डा. बाबुराम भट्टराईबाट जनार्दनसहित प्रलोपाको केन्द्रीय सदस्यहरूले लिए शपथ

सफल खबर संवाददाता

मंगलबार, ०१ पुस २०८२, १५ : ००
डा. बाबुराम भट्टराईबाट जनार्दनसहित प्रलोपाको केन्द्रीय सदस्यहरूले लिए शपथ

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक सुरु भएको छ । काठमाडौँको नयाँबजारस्थित एक पार्टी प्यालेसमा पार्टीको केन्द्रीय समितिको प्रथम बैठक सुरु भएको हो ।

बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने जानकारी रहेको छ । पार्टी गठनपछिको प्रलोपाको पहिलो बैठक बसेको हो । बैठक भोलिसम्म जारी रहेछ । बैठकको सुरुआतमा पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले सबै केन्द्रीय सदस्यलाई शपथ खुवाएका छन्।

भट्टराईको अभिभावकत्वमा गठित यो पार्टीमा जनार्दन शर्मा, सन्तोष परियार, राम कार्की, सुदन किराँतीलगायत नेताहरू सहभागी छन्।