काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलामा उनले वैकल्पिक शक्ति बन्ने भनेर आएका सबै मिलेर अगाडि बढ्नुपर्ने र त्यसको अगुवाइ उज्यालो नेपाल पार्टीले गर्नुपर्ने बताए ।
मन्त्री घिसिङले पार्टीमा सबैलाई जोड्दै अगाडि बढ्नसमेत नेतृत्वलाई आग्रह गर्दै काम गर्दा चुनौती आउने र त्यसलाई सामना गरेर अगाडि बढ्न सकेमा नै परिवर्तन सम्भव हुने बताए ।
‘जेनजी पुस्ताको आन्दोलनपछि जुन हिसाबले यो सरकार परिवर्तन भएको छ, यसले गर्ने निर्वाचन पछिको सरकार कस्तो हुने भन्ने कुरा झन् महत्त्वपूर्ण छ’, उनले भने, ‘त्यो सरकारको नेतृत्व वैकल्पिक शक्ति भन्नेहरू सबै मिलेर गर्नुपर्छ । उज्यालो नेपाल पार्टीले त्यसको अगुवाइ गर्छ ।’
कार्यक्रममा उक्त पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र तामाङले सामाजिक न्याय, सुशासन र समृद्धि ल्याउनका लागि आफैँ अनुशासित भएर लाग्न आवश्यक रहेको बताए । अर्का केन्द्रीय सदस्य शङ्कर ढकालले पार्टी मध्यमार्गी धारबाट अगाडि बढ्ने र कुलमानको नेतृत्वमा विद्युत्को क्षेत्रमा अँध्यारोबाट उज्यालोतर्फ अगाडि बढाएजस्तै अब देशलाई अगाडि बढाउन भूमिका खेल्ने धारणा राखेका छन् ।
केन्द्रीय सदस्य रिमा विश्वकर्माले दक्ष र योग्य व्यक्तिलाई जिम्मेवारी दिएर देश बनाउनका लागि लाग्नुपर्ने धारणा राखे । उनले आफ्नो पेसा र धर्म कलाकारिता भए पनि इमानदार र लगनशील भएर धर्म पछ्याइरहँदा पनि परिवर्तनका लागि कलिला भाइबहिनीले राजनीतिक जागरणको बीउ रोपेकाले आफू पनि राजनीतिमा होमिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ
कुलमानले भने : 'मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ'