एमाले महाधिवेशन

ओली प्यानलमा पृथ्वीसुब्बाले छोडे महासचिवको दावी, उपाध्यक्षमा सहमति

शंकर र प्रदीपको दावी जारी, एकलाई उपाध्यक्ष र अर्काेलाई महासचिव बनाइने गरी छलफल

सफल खबर संवाददाता

सोमबार, २९ मंसिर २०८२, ०८ : ३९
ओली प्यानलमा पृथ्वीसुब्बाले छोडे महासचिवको दावी, उपाध्यक्षमा सहमति

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि केपी ओली र इश्वर पोखरेलले समुह बनाएर चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । ओली टिममा रहेका पृथ्वीसुब्बा गुरुङलाई फकाएर महासचिवमा आफनो टिमबाट उम्मेदवार बनाउने इश्वर पोखरेल समुहको कसरथ अन्तत असफल भएको छ । 

ओली प्यानलमै उनले महासचिव पदको दावी समेत छोडेका छन् । उनलाई ओली टिमले अब उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । ओली टिममा अहिलेका महासचिव शंकर पोखरेल, उपमहासचिवद्दय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको महासचिव पदमा दावी थियो । 

ओलीले आफु अध्यक्षमै तेहेरिन खोजेपछि शंकरलाई नै फेरि महासचिव दोहो¥याउन चाहेका छन् । तर आफुसँग निकट रहेकै नेता प्रदीप ज्ञवालीले पनि महासचिव दावी नछोडेपछि महासचिवमा पोखरेल वा ज्ञवालीमध्ये कसलाई अगाडी सार्ने भन्ने टुंग्गो लागिसकेको छैन । 

तर ओलीले विधान संशोधन गरेर आफ्नो समुहभित्रको संकट टारेपछि गुरुङलाई उपाध्यक्षमा मनाइएको छ । ओली निवास भक्तपुर गुन्डुमा आइतबार बेलुकी अबेरसम्म भएको छलफलमा गुरुङले उपाध्यक्षमा चित्त बुझाएका छन् । अब महासचिवमा शंकर पोखरेल र प्रदीप ज्ञवालीको रस्साकस्सी अझै जारी छ । 

ओलीले आफु अध्यक्षमै तेहेरिन खोजेपछि शंकरलाई नै फेरि महासचिव दोहो¥याउन चाहेका छन् । तर आफुसँग निकट रहेकै नेता प्रदीप ज्ञवालीले पनि महासचिव दावी नछोडेपछि महासचिवमा पोखरेल वा ज्ञवालीमध्ये कसलाई अगाडी सार्ने भन्ने टुंग्गो लागिसकेको छैन । 

दुई मध्ये एकलाई उपाध्यक्षमा लगेर ब्यवस्थापन गर्न ओलीलाई ठाँउ छ । त्यही आधारमा उनले विधानमा आइतबार दुई उपाध्यक्ष विधान महाधिवेशनको निर्णय उल्टाउँदै थप गराएका छन् । त्यसमध्येको एकमा पृथ्वीसुब्बा गुरुङ र एकमा शंकर या प्रदीप मध्येलाई ब्यवस्थापन गर्ने ओलीको योजना छ । 

ओलीले महासचिवमा शंकरलाई नै रोजेपनि विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले भने शंकरलाई उपाध्यक्ष बनाएर प्रदीप ज्ञवालीलाई महासचिव बनाउन प्रस्ताव गरेका छन् । यी दुई नेता महासचिवमा शंकरलाई भने रोक्ने रणनीतिमा देखिएका छन् । 

५ उपाध्यक्षमा ओली टिमबाट विष्णु पौडेल, रामबहादुर थापा (बादल), गुरु बराल र पृथ्वीसुब्बा गुरुङको टुंग्गो लागेको छ । बाँकी १ उपाध्यक्षमा शंकर या प्रदीपमध्येबाट एकलाई ल्याउने र अर्काेलाई महासचिव उठाउने तयारी छ । उपाध्यक्षमा आफुले पहिल्यै चुनाव लडिसकेको र अहिले आफुलाई पनि उपाध्यक्ष बनाउनु पर्ने लालवावु पण्डितले लविङ ओली टिममा गरेका छन् । तर उनलाई ओलीले उपाध्यक्षमा नभई अनुशासन आयोगतिर अध्यक्ष बनाएर लैजान चाहेका छन् । 

उपमहासचिवमा भने ओलीले विष्णु रिमाललाई दोहोराउने छन् । बाँकी दुई उपमहासचिवमा पद्मा अर्याल, रघुविर महासेठ र लेखराज भट्ट मध्येबाट दुई जनालाई बनाउने तयारीमा ओली छन् । भट्टले सूदुरपश्चिममा भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा लागेको, कर्ण थापा इतर समुह (इश्वर पोखरेल समुह)बाट उठन लागेकोले आफुलाई जिम्मेवारी बढुवा गराएर दिनुपर्ने लविङ ओलीसँग गरेका छन् । उनको ब्यवस्थापनका लागि रामबहादुर थापा (बादल)ले पनि ओलीलाई दवाव बढाएका छन् । 

तर ओली अहिले पद्मा अर्याल, विष्णु रिमाल र रघुविर महासेठलाई उपमहासचिव बनाउने र भट्टलाई सचिव नै दोहोराउने तयारीमा देखिएका छन् । सचिवमा छविलाल विश्वकर्मा, लेखराज भटट्, महेश बस्नेत, भानुभक्त ढकाल, ज्वालाकुमारी साह, खगराज अधिकारी, राजन भटट्राई, यमलाल कँडेल लगायत बनाउने गरी ओली प्यानलमा छलफल छ ।

प्रतिक्रिया दिनुहोस