काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको पक्षमा मतदान गर्न प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
महासचिवमा उम्मेदवार बन्न नपाएपछि हिजो महाधिवेशनस्थलबाट मन दुखाएर बाहिरिएका ज्ञवालीले आज बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत केपी ओलीले अगुवाइ गरेको सिंगो टिमलाई विजयी गराउन अपिल गरेका हुन् ।
उनले महाधिवेशन अन्तर्गत आजको चुनाव हुने दिनलाई सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण भन्दै यसले एमालेको आन्तरिक जीवनका लागि मात्र नभएर चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने उल्लेख गरेका छन् ।
उनले आफू यस पटक पार्टीको केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवार रहेकाले सबैको मत र मन पाउने विश्वास समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ पुस २०८२, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काशी र प्रदीपलाई ओलीको फोन– 'अन्याय हुन दिन्नँ, सहयोग गर्नुस्'
यो नेतृत्व चयन गर्ने महाधिवेशन हो, नीतिको बहस गर्नु सान्दर्भिक हुँदैन: प्रदीप ज्ञवाली
शान्ति सुरक्षाबारे कार्यबाहक प्रमुख निर्वाचन आयुक्तको गैरजिम्मेवार अभिव्यक्ति : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवाली भन्छन् : 'एमालेका कारण अरू दललाई पनि ऊर्जा थपिएको छ'
राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्छ : प्रदीप ज्ञवाली
देशको राष्ट्रिय सुरक्षा खतरामा छ : प्रदीप ज्ञवाली