काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको पक्षमा मतदान गर्न प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
महासचिवमा उम्मेदवार बन्न नपाएपछि हिजो महाधिवेशनस्थलबाट मन दुखाएर बाहिरिएका ज्ञवालीले आज बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत केपी ओलीले अगुवाइ गरेको सिंगो टिमलाई विजयी गराउन अपिल गरेका हुन् ।
उनले महाधिवेशन अन्तर्गत आजको चुनाव हुने दिनलाई सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण भन्दै यसले एमालेको आन्तरिक जीवनका लागि मात्र नभएर चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने उल्लेख गरेका छन् ।
उनले आफू यस पटक पार्टीको केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवार रहेकाले सबैको मत र मन पाउने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ पुस २०८२, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आन्दोलन खडेरीको दूबो झैँ फेरि मौलाउनेछ : प्रदीप ज्ञवाली
विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
वामपन्थी एकताको निर्णय भएको छैन : प्रदीप ज्ञवाली
अन्तर्राष्ट्रिय राजनीति कूटनीतिमा प्रयोग गरिने शब्दको विशेष अर्थ हुन्छ: प्रदीप ज्ञवाली
सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली
निर्वाचन परिणामपछि एमालेमा आत्मसमीक्षाको आवश्यकता’ : प्रदीप ज्ञवाली