काठमाडौँ । अधिकांश बैंकहरुले साउनका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन । बैंकहरुको ब्याजदर हेर्ने हो भने कृषि विकास बैंकले असारमा ५.४५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिँदै आएकोमा साउनमा ५.४० प्रतिशत दिने भएको छ ।
एभरेष्ट बैंकले असारमा ६.५५ प्रतिशत ब्याज दिँदै आएकोमा अब मुद्दती निक्षेपमा साउनबाट ६.२५ प्रतिशत दिनेछ ।
यस्तै अर्को ठुलो बैंक नेपाल बैंकले ५.४५ प्रतिशत ब्याज दिर्दै आएकोमा साउनका लागि ५.४० प्रतिशत ब्याजदर तोकेको छ । लक्ष्मी सनराइज बैंकले असारमा ५.७५ प्रतिशत ब्याज दिर्दै आएकोमा साउनमा ५.५० प्रतिशत ब्याजदर दिने बताएको छ । यस्तै माछापुच्छ्रे बैंकले असारका लागि ६ प्रतिशत दिँदै आएकोमा उसले भने साउन पनि त्यही नै लागू गर्ने बताएको छ ।
एनआईसी एसिया असारको तुलनामका ब्याजदर घटाएको छ । असारमा सो बैंकले ६.५५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकोमा साउनमा त्यस्तो खातामा ६.२५ मात्रै ब्याज दिने बताएको छ । यस्तै, प्रभु बैंकले समेत ब्याजदरमा धेरै घटाएको छ । असारमा सो बैंकले मुद्दती निक्षेपतर्फ ६.१० प्रतिशत ब्याज दिने गरेकोमा साउनमा अब ४.२५ प्रतिशत मात्रै ब्याज दिनेछ ।
यता स्टान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर बढाएको छ । यो बैंकले साउनमा ६.२५ ब्याज दिँदै आएकोमा साउनमा मुद्दती निक्षेपतर्फ ६.२६ प्रतिशत ब्याज दिनेछ ।
राष्ट्रिय वाणिज्य बैंकले असारमा ६ प्रतिशत ब्याज दिएकोमा साउनमा ५.५० प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिनेछ ।
नबिल बैंकले पनि ब्याजदर घटाएको छ । सो बैंकले असारमा ५.७५ प्रतिशत दिँदै आएकोमा साउनमा ५.५० प्रतिशत मुद्दती निक्षेपतर्फ ब्याज निर्धारण गरेको छ ।
ग्लोवल आइएमी बैंकले ब्याजदर चलाएको छैन । उसले असारमा ६ प्रतिशत तोकेकोमा साउनमा पनि सोही नै कायम गरेको छ । अर्को बैंक सिद्धार्थले पनि ब्याजदरमा परिवर्तन गरेको छैन । असारमा सो बैंकले ५.७५ ब्याजदर तोकेको थियो । साउनमा पनि सोही लागू हुनेछ ।
प्राइम कमर्सियल बैंकले ब्याजदर असारमा ६.२५ प्रतिशत दिँदै आएकोमा साउनमा ६ प्रतिशत कायम गरेको छ । कुमारी बैंकले पनि असारको तुलनामा घटाएको छ । उक्त बैंकले असारमा ५.७१ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकोमा अब साउनमा ५.४१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सानिमा बैंकले असारमा ६.३३ प्रतिशत ब्याजदर निर्धारण गरेकोमा साउनका लागि घटाएर ६.१८ प्रतिशतमा झारेको छ ।
अर्को ठुलो बैंक हिमालयन बैंकले असारमा ५.५० प्रतिशतबाट बढाएर साउनका लागि ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल एसबीआई बैंकले असारका लागि ५.५० प्रतिशत ब्याज निर्धारण गरेकोमा साउनका लागि घटाएर ५.३५ प्रतिशत ब्याज निर्धारण गरेको छ । इन्भेस्टमेन्ट मेगाले पनि असारको तुलनामा घटाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ साउन २०८२, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा आन्दोलन
११ वटा बैंकले गरे ब्याजदर समायोजन
विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई धम्की