यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, १७ असोज २०८२, ०७ : ४९
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

बैंकका अनुसार आज एक अमेरिकी डलर खरीद दर १४१ रुपैयाँ ६१ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा तोकिएको छ । त्यस्तै, एक युरो खरीद दर १६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १६७ रुपैयाँ १३ पैसा निर्धारण भएको छ ।

बैंकले सार्वजनिक गरेको दरअनुसार एक पाउन्ड स्टर्लिङको खरीद दर १९० रुपैयाँ ८२ पैसा र बिक्री दर १९१ रुपैयाँ ६३ पैसा रहेको छ भने एक अष्ट्रेलियन डलर ९१ रुपैयाँ ०८ पैसा खरीद दर र ९१ रुपैयाँ ४७ पैसा बिक्री दरमा कारोबार हुनेछ ।

त्यसैगरी, खाडी मुलुकका मुद्रामध्ये एक साउदी रियाल ३७ रुपैयाँ ७५ पैसा खरीद दर र ३७ रुपैयाँ ९१ पैसा बिक्री दरमा तोकिएको छ । एक कतारी रियालको खरीद दर ३८ रुपैयाँ ८९ पैसा र बिक्री दर ३९ रुपैयाँ ०६ पैसा रहेको छ भने एक यूएई दिर्हामको खरीद दर ३८ रुपैयाँ ५५ पैसा र बिक्री दर ३८ रुपैयाँ ७२ पैसा तोकिएको छ ।