काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार (सोनल) ले ‘जेनजी’ आन्दोलनले उठाएको सुशासन, समृद्धि र जनतालाई सरल सेवा प्रवाहको माग सम्बोधन सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।
पद तथा गोपनीयताको शपथ ग्रहणपछि आज सञ्चारकमीसँग जनकपुरधाममा आज कुरा गर्दै उनले संघीयतालाई बलियो बनाउनका लागि नै गठबन्धन सरकार बनेको उल्लेख गर्नुभयो । विगतका सरकारले गरेका राम्रा कामको निरन्तरता तथा नयाँ कामको थालनी गरिने मुख्यमन्त्री सोनारले प्रतिबद्धता व्यक्त गरे ।
उनले बाँकी सहयात्री दलहरूको तर्फबाट चाँडै अन्य मन्त्री नियुक्ति हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असोज २०८२, १९ : १९
लेखकबाट थप