काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन जेड आन्दोलनका क्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भए पनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिएका छन् ।
सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रम पश्चात् बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् ।
गभर्नर पौडेलले भने, ‘६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएका थिए । तर, आन्दोलनकारीहरूले बैंकहरु नै टार्गेट गरेको जस्तो देखिँदैन । ६९ वटा एटिएममा केही असर परेको छ । त्यसबाहेक बैंकिङ प्रणालीका सिस्टमहरू सबै ठिक छन् ।’
अहिलेको अवस्थामा सबैको मनोबल घटेका कारण उनीहरूको मनोबल बढाउनु पर्ने आवश्यकता रहेको गभर्नर पौडेलले बताए । ‘यसअघि पनि हामीलाई मनोबल बढाउनकै लागि चुनौती थियो । यो घटना हुनु अगाडी पनि हामीसँग धेरै समस्या थियो । जे घटना पछि समस्या थपिएको छ । समाधान गर्न तयारी गर्नुपर्छ’, गभर्नर पौडेलले भने ।
अनुभवी अर्थमन्त्री आएकाले काम गर्नका लागि सहज हुने गभर्नर पौडेलले बताए । जे भएको छ त्यसबाट धेरै नआत्ती काम गर्न उनले आग्रह समेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?