काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन जेड आन्दोलनका क्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भए पनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिएका छन् ।
सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रम पश्चात् बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् ।
गभर्नर पौडेलले भने, ‘६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएका थिए । तर, आन्दोलनकारीहरूले बैंकहरु नै टार्गेट गरेको जस्तो देखिँदैन । ६९ वटा एटिएममा केही असर परेको छ । त्यसबाहेक बैंकिङ प्रणालीका सिस्टमहरू सबै ठिक छन् ।’
अहिलेको अवस्थामा सबैको मनोबल घटेका कारण उनीहरूको मनोबल बढाउनु पर्ने आवश्यकता रहेको गभर्नर पौडेलले बताए । ‘यसअघि पनि हामीलाई मनोबल बढाउनकै लागि चुनौती थियो । यो घटना हुनु अगाडी पनि हामीसँग धेरै समस्या थियो । जे घटना पछि समस्या थपिएको छ । समाधान गर्न तयारी गर्नुपर्छ’, गभर्नर पौडेलले भने ।
अनुभवी अर्थमन्त्री आएकाले काम गर्नका लागि सहज हुने गभर्नर पौडेलले बताए । जे भएको छ त्यसबाट धेरै नआत्ती काम गर्न उनले आग्रह समेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
सिन्धुलीमा कर्मचारीलाई बाँधेर बैंक लुटपाट, स्थानीयले भेटे बोरामा पैसा
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?
बैंकहरुको निर्णय : आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो