काठमाडौँ। राजनीतिक दलका प्रतिनिधिहरूले शान्ति सुरक्षा र भयरहित निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। निर्वाचन आयोगले बिहीबार राजनीतिक दलका प्रतिनिधिहरूसँग गरेको छलफलमा उनीहरूले मूलभूत रूपमा शान्ति सुरक्षाको विषय उठाएका हुन्।
एमालेबाहेक सबै दलका प्रतिनिधिहरूले भेदभावरहित निर्वाचन हुनुपर्नेमा जोड दिए। केही दलका नेताहरूमाथि सरकारले धरपकड गर्न खोजेको सन्देश प्रवाह भएको भन्दै उनीहरूले त्यसले निर्वाचनको वातावरण बिथोलिने बताए।
एमालेले भने आफू प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा लागेको भन्दै निर्वाचनमा भाग नलिने बतायो।
छलफलमा विभिन्न २९ वटा राजनीतिक दलका प्रतिनिधि सहभागी थिए। छलफलको सुरुवातमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारसँगको पटक पटकको छलफलमा स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता आएको र शान्ति सुरक्षाको व्यवस्था गर्न स्पष्ट प्रतिबद्धता जनाइएको भन्दै दलहरूले निर्वाचनमा सघाउनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असोज २०८२, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक
१६५ सिटका लागि साढे २ हजार भन्दा बढीको उम्मेदवारी
तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान
भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने