काठमाडौँ। राजनीतिक दलका प्रतिनिधिहरूले शान्ति सुरक्षा र भयरहित निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। निर्वाचन आयोगले बिहीबार राजनीतिक दलका प्रतिनिधिहरूसँग गरेको छलफलमा उनीहरूले मूलभूत रूपमा शान्ति सुरक्षाको विषय उठाएका हुन्।
एमालेबाहेक सबै दलका प्रतिनिधिहरूले भेदभावरहित निर्वाचन हुनुपर्नेमा जोड दिए। केही दलका नेताहरूमाथि सरकारले धरपकड गर्न खोजेको सन्देश प्रवाह भएको भन्दै उनीहरूले त्यसले निर्वाचनको वातावरण बिथोलिने बताए।
एमालेले भने आफू प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा लागेको भन्दै निर्वाचनमा भाग नलिने बतायो।
छलफलमा विभिन्न २९ वटा राजनीतिक दलका प्रतिनिधि सहभागी थिए। छलफलको सुरुवातमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारसँगको पटक पटकको छलफलमा स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता आएको र शान्ति सुरक्षाको व्यवस्था गर्न स्पष्ट प्रतिबद्धता जनाइएको भन्दै दलहरूले निर्वाचनमा सघाउनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असोज २०८२, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया