काठमाडौ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारीका लागि जारी गरेको मापदण्डको मस्यौदामा सो प्रस्ताव गरिएको छ ।
अहिले सहकारीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने अवस्था नरहेकोमा मापदण्डबाट नयाँ व्यवस्था गर्न लागिएको हो ।
प्रस्तावित मस्यौदामा सहकारीले कुल सम्पत्तिको ५ प्रतिशत वा कुल पुँजीकोषको शतप्रतिशतमध्ये जुन कम हुन्छ त्यो सीमासम्म ऋण लिनसक्ने व्यवस्था गरिएको छ ।
सहकारीले प्रारम्भिक पुँजीकोषको १५ गुणासम्म बचत गर्नसक्ने तथा प्राथमिक पुँजीकोषको १५ प्रतिशतसम्म मात्रै एउटा सदस्यलाई ऋण दिनसक्ने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ माघ २०८१, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
सिन्धुलीमा कर्मचारीलाई बाँधेर बैंक लुटपाट, स्थानीयले भेटे बोरामा पैसा
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आन्दोलनबाट बैंकका ६८ कार्यालयमा क्षति, बैंकिङ सिस्टममा समस्या नरहेको गभर्नरद्वारा जानकारी