काठमाडौं । २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो । एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो । ११ बैंकको नाफा पोहोरको तुलनामा बढेको छ भने ९ को घटेको छ ।
सार्वजनिक विवरणअनुसार नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ । यद्यपि वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ । सो बैंकको नाफा २१ गुणा बढेको छ ।
त्यस्तै एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । सो बैंकको नाफा ९१.८ प्रतिशत घटेको छ ।
तेस्रो त्रैमाससम्म कुन बैंकको नाफा कति ?
| बैंक | नाफा, चैत ०८१ | नाफा, चैत ०८० | वृद्धिदर प्रतिशत | 
| नबिल | ५ अर्ब ५ करोड | ४ अर्ब ६६ करोड | ८.२१ | 
| ग्लोबल आईएमई | ४ अर्ब ५३ करोड | ३ अर्ब ३० करोड | ३७.१२ | 
| एनआईएमबी | ४ अर्ब ५४ करोड | ३ अर्ब २७ करोड | ३८.६१ | 
| एनएमबी | २ अर्ब ३७ करोड | २ अर्ब २४ करोड | ५.८८ | 
| एभरेस्ट | ३ अर्ब ४५ करोड | २ अर्ब ६० करोड | ३२.५५ | 
| एनआईसी एसिया | १५ करोड | १ अर्ब ९१ करोड | –९१.८१ | 
| कृषि विकास | १ अर्ब ८४ करोड | २ अर्ब ५ करोड | –१०.१६ | 
| प्राइम | २ अर्ब २२ करोड | २ अर्ब ८७ करोड | –२२.५५ | 
| स्टान्डर्ड चार्टर्ड | २ अर्ब १७ करोड | २ अर्ब ४४ करोड | –११.१७ | 
| नेपाल एसबीआई | १ अर्ब २० करोड | १ अर्ब १६ करोड | ३.३५ | 
| सिटिजन्स | ९६ करोड | १ अर्ब २१ करोड | –२०.५९ | 
| सानिमा | १ अर्ब ६५ करोड | १ अर्ब ४३ करोड | १४.७९ | 
| माछापुच्छ्रे | १ अर्ब १० करोड | ८५ करोड | २८.८९ | 
| कुमारी | २८ करोड | १ अर्ब ५ करोड | –७२.८५ | 
| नेपाल | २ अर्ब ७८ करोड | १३ करोड | २०३२.७९ | 
| सिद्धार्थ | १ अर्ब ६६ करोड | १ अर्ब ६८ करोड | –०.९३ | 
| लक्ष्मी सनराइज | १ अर्ब ६५ करोड | १ अर्ब ६१ करोड | २.२४ | 
| हिमालयन | ५० करोड | १ अर्ब ९४ करोड | –७४.३३ | 
| प्रभु | १ अर्ब ८७ करोड | १ अर्ब ८१ करोड | ३.५० | 
| राष्ट्रिय वाणिज्य | १ अर्ब २० करोड | २ अर्ब ३७ करोड | –४९. | 
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आन्दोलनबाट बैंकका ६८ कार्यालयमा क्षति, बैंकिङ सिस्टममा समस्या नरहेको गभर्नरद्वारा जानकारी
एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?
बैंकहरुको निर्णय : आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने