काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ । बैंकहरूले साउन महिनाका लागि ब्याजदर थप घटाएपछि बजारमा उत्साह देखिएको छ ।
सो वृद्धिपछि नेप्से २७९४ अंकमा पुगेको छ । बजारको अंक बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ४१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३ करोडको भयो ।
१९३ कम्पनीको मूल्य बढ्यो भने ५५ को घट्यो । व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै ३.८६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.५९, फाइनान्स ०.७५, होटल तथा पर्यटन ०.५९, हाइड्रोपावर १.२८, लगानी ०.५२, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन १.३९, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा १.८५, अन्य ०.३३ प्रतिशत बढे । व्यापार भने ०.१८ प्रतिशत घट्यो ।
थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । ग्रिन डेभलपमेन्ट बैंकको ८.४१, अपरहेवाखोलाको ८.३०, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०३, फरवार्ड माइक्रोफाइनान्सको ७.८४ तथा बुटवल पावरको ६.७९ प्रतिशत मूल्य बढ्यो ।
माइखोला हाइड्रोपावरको ७.८७, नारायणी डेभलपमेन्ट बैंकको २.९०, उन्नति सहकार्य लघुवित्तको २.१४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा उत्कृष्ट पाँच कम्पनीमा बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, लुम्बिनी विकास बैंक र साहस ऊर्जा रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३२ असार २०८२, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो