काठमाडौ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेले बेवास्ता गरेपछि नेकपा एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको बताएका हुन् ।
उनले मंगलबार सञ्चारकर्मीहरुसँग भने, ‘नेकपा एकीकृत समाजवादी र एमालेतिर पनि प्रयत्न भएको थियो । एमालेले पर्ख पर्ख भनेर भन्यो । पर्खेर बस्यौं, अनि अन्त्यमा अध्यक्ष केपी ओलीले बोलाउनुभयो । दुई घण्टा भाषण गर्नुभयो । समयमा खवर हुन्छ भनेर पठाउनुभयो । पर्खेर बस्दा खबर आएन र एकीकृत समाजवादीतिर जाने निर्णय गर्यौँ। साउन २ गते हामी एकीकृत समाजवादी बन्नेछौँ ।’
उनले आफूले एमाले निर्माणमा सबैभन्दा बढी योगदान गरेको र त्यो क्षमता विद्या भन्डारीसँग पनि नभएको बताए । ‘मैले नेकपा एमाले निर्माण गर्न सबैभन्दा बढी योगदान गरेको छु । सबैभन्दा बढी खतरा मोलेर काम गरेको छु । विद्या भन्डारीसँग पनि मैले त्यो क्षमता पाइँन । म नेकपा एकीकृत समाजवादीमा जाँदैछु । एकीकृत समाजवादीमा रहेका कार्यकर्ता मैले संघर्ष गरेर निर्माण गरेका कार्यकर्ता हुनुहुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३२ असार २०८२, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम
विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन् : वामदेव गौतम
संसद्मै निर्णय गर्छु, अहिले गोपनीयता खोल्दिनँ : वामदेव गौतम
एमालेमै फर्किने तयारीमा वामदेव गौतम
अहिल्यै समाजवादीमा गइन्न, एमालेसँग पनि कुरा हुँदैछ : वामदेव गौतम
माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल