जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

सफल खबर संवाददाता

आइतबार, २९ असार २०८२, १२ : ०२
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

दाङ । दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–७ भुह्यारथान डेरा गरी बस्ने रुकुम पश्चिम चौरजहारी नगरपालिका– ११ घर भएका ३५ वर्षीय वीरबहादुर वलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वीरबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।  

 

प्रतिक्रिया दिनुहोस