जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०८२, १२ : ५५
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । मोरङ र  उदयपुरमा भएको जबरजस्ती करणीका घटनामा २ जना पक्राउ परेका हुन् ।मोरङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैंचा नगरपालिका–६ नमुना चोक बस्ने ३७ वर्षीय खगेन्द्र विकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी

चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।त्यस्तै उदयपुरमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–९ हडिया बस्ने ४८ वर्षीय गजेन्द्र गिरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

गिरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस