१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०८२, १४ : ०८
१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

ओखलढुङ्गा । ओखलढुङ्गामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । चिशंखुगढी गाउँपालिका-६ भदौरे बस्ने २० वर्षीय भूपेन्द्र मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

भूपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस