काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा आफैँ प्रतिनिधि भएर पास गरेको विधानबारे प्रश्न उठाउने कुरा सङ्गठनात्मक अराजकता भएको बताएका छन् ।
विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीको भेलालाई सम्बोधन गर्दै पोखरेलले विधान महाधिवेशनले तय गरेका कतिपय विषयहरू राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने प्रष्टीकरण दिए ।
यति बेला एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थाबारे बहस चलिरहेको छ । महासचिव पोखरेलले दुवै व्यवस्था हटाइसकेको बताएपछि स्थायी कमिटी सदस्य कर्ण थापाले जालझेल नगर्न भन्दै तथ्यमा बहस गर्न चुनौती दिएका थिए ।
पोखरेलले वैधानिक व्यवस्था जानकारी नै नलिई महाधिवेशन प्रतिनिधि हुने कुरा साङ्गठनिक अराजकता भएका आरोप लगाए ।उनले भने, ‘विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्दछ । दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहरू आफैँ अनुमोदन गर्ने अनि अहिले आफैँ प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो ।’
राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक भएको भन्दै प्रतिवाद गर्न पोखरेलले निर्देशन दिए ।पार्टी र सङ्गठनभित्र फैलिएको यस्तो अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारले पनि अवज्ञा नगर्न उनको चेतावनी छ । पार्टी र नेतृत्वविरुद्धको आक्रमण गत वर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको महासचिव पोखरेलले जिकिर गरेका छन् ।
एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको बताए ।उनले भने, ‘कुनै बेला सरकारमा लगिदिनु पर्यो भनेर रातदिन बालकोट धाउनेहरू नै अहिले लोकप्रियताका नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपङ्क्तिमा रहेका छन् । पश्चगामी सोच भएका राजावादी र कम्युनिस्ट नामधारी माओवादी पनि एमालेलाई मात्र गाली गरेर कांग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन् ।’
उनले थपे, ‘भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हो राष्ट्रिय महाधिवेशन होइन । त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन । जतिबेला जे काम पर्छ त्यही गर्नुहोस् । नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरूले थाहा पाउनुहोस् । ’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक नियुक्ति सदर पछि शंकर पोखरेलको प्रतिक्रिया- अब काममा तीव्रताको अपेक्षा गरौं
अहिले नेतृत्वको बहस पूर्णतः रोक्न शंकर पोखरेलको निर्देशन
बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छ: शंकर पोखरेल
११ दिने बेलायत र कतारको भ्रमण सकेर स्वदेश फर्किए एमाले महासचिव शंकर पोखरेल
लोकतन्त्रमा जनता नै शक्तिका श्रोत हुन्, उनीहरूको हित नै राज्यको कर्तव्य हो : शंकर पोखरेल
गणतन्त्र उत्सव भव्य र सानदार रूपमा मनायौँ : शंकर पोखरेल