काठमाडौँ । सेयर बजार निरन्तर रूपमा बढ्दै गएको छ । साताको पहिलो दिनदेखि नै बढेको बजारले आज तेस्रो दिन पनि निरन्तरता पाएको हो । सेयर बजार परिसूचक नेप्से आज २८.९१ अङ्कले बढेर २६६०.३९ मा पुगेको हो । अघिल्ला दुई दिनमध्ये आइतबार बजार २६.५३ अङ्क र सोमबार ९.१९ अङ्कले बढेको थियो ।
आज बजारमा ७ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। आज कुल १ करोड ५७ लाख कित्ता सेयर कारोबार भएको छ। कारोबार बढेपनि यो रकम अघिल्ला दिनको तुलनामा कम हो । आज बजारमा २४८ कम्पनीका ३०९ स्क्रिपको कारोबार भएको छ । जसमध्ये २१७ कम्पनीको मूल्य बढ्दा जम्मा ३१ कम्पनीको मात्र घटेको छ।
कारोबार रकमको आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको ४६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधी विद्युत कम्पनी र बुटवल पावर कम्पनी त्यसपछि क्रमशः उच्च कारोबार भएका कम्पनी रहेका छन् ।
आज सबैभन्दा धेरै कमाउने सामुदायिक लघुवित्त, न्यादी हाइड्रोपावरका लगानीकर्ता रहे। यी दुवै कम्पनीको शेयर मूल्यमा ९.८७ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी वरुण हाइड्रोपावर र राप्ती हाइड्रोपावरका लगानीकर्ताले पनि ८ प्रतिशतभन्दा बढी कमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ असार २०८२, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट
२२ अंकमा खुम्चियो सेयर बजार