अमरगढी । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा आज साँझ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार भाडामा लिइएको डोटीको क्रिस बोर्डिङ स्कूल बस दुर्घटनामा परेको हो । अमरगढी–५ स्थित उग्रतारा मन्दिरमा आज लागेको मेलाबाट घर फर्किँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल लगिँदै छ ।
डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो । बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए । मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।
प्रतिक्रिया दिनुहोस