पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सफल खबर संवाददाता

मंगलबार, ०१ पुस २०८२, १६ : २३
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार गरेर अस्वभाविक सम्पत्ति कमाएको आरोपमा आज विशेष अदालत काठमाडौँमा मुद्दा दार गरिएको हो ।

उनीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप छ । अख्तियारले पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दा दायर गरेको एक सातामै त्यही विमानस्थलका प्रमुख रहेका व्यक्तिमाथि अर्को मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस