एजेन्सी । अष्ट्रेलियाले इरानमा 'बिग्रँदै गएको सुरक्षा अवस्था' का कारण हाल तेहरानमा रहेको आफ्नो दूतावासको काम निलम्बन गरिएको बताएको छ।
अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले भनिन्, "वर्तमान अवस्थामा, कन्सुलर सेवाहरू प्रदान गर्ने हाम्रो क्षमता धेरै सीमित छ। हवाई क्षेत्र अझै बन्द छ।"
अष्ट्रेलियाले आफ्ना सबै अधिकारीहरू र उनीहरूका परिवारहरूलाई इरान छोड्न निर्देशन दिएको छ।
पेनी वोङले इरानको छिमेकी देश अजरबैजानमा कन्सुलर कर्मचारीहरू तैनाथ गरिएको बताइन् ।
यसैबीच इरानमा रहेका कम्तिमा १,५०० अष्ट्रेलियाली नागरिकहरू र उनीहरूका परिवारहरूले त्यहाँबाट निस्कन मद्दत मागेका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०६ असार २०८२, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलस्थित नेपाली दूतावासले भन्यो– सतर्क र सुरक्षित रहनू
यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण
आफ्नो राहदानी सुरक्षित राख्न यूएईमा रहेका नेपालीलाई दूतावासले अनुरोध
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह