काठमाडौं । प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध भएको छ । अवरोध जारी भएपछि सभामुख देवराज घिमिरेले बैठक भोलि विहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।
सभामुख घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए । तर सत्तापक्षका सांसदहरुले संसद अवरोध गरेर बोल्न रोकेको भन्दै बैठक सन्चालनको माग गरे ।
सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेनन् । बरु उल्टै प्रतिपक्षी सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग
प्रतिनिधि सभा बैठक जारी
सर्यो प्रतिनिधि सभा बैठकको समय